SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

‘यती डोर टु डोर कार्गो सेवा’ अब छिट्टै सञ्चालनमा आउने

काठमाडौं : नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एअरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउँदैछ। उपाय सिटी कार्गो प्रालिसँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो। ग्राहकहरुले यती एअरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म उपाय कम्प्लिट प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्नेछन्। अब कार्गो पठाउन एअरपोर्ट वा कार्यालय धाउनु पर्ने छैन।