SHARE
अन्नपूर्ण · मङगलबार १७ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको चीन भ्रमण राष्ट्रिय हितको दृष्टिले अत्यन्त महत्त्वपूर्ण : परराष्ट्रविद् भट्टराई

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणलाई राष्ट्रिय हितको दृष्टिले अत्यन्त महत्त्वपूर्ण भएको टिप्पणी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्रीले चीनको भूमिमा स्पष्ट रूपमा लिपुलेकसम्बन्धी नेपालको अडान राख्नु ऐतिहासिक र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने साहसी कदम भएको बताएका हुन्।