SHARE
पर्दाफास · शनिबार ९ साउन २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

सिभिल सहकारीका बचतकर्ता भन्छन्- अदालतको आदेशले सम्पत्ति जोखिममा पर्यो, हस्तक्षेप आवश्यक छ

सिभिल सहकारी पीडित बचतकर्ताले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सहकारीको मुख्य सम्पत्ति जोखिममा परेको बताएका छन् । त्यसका लागि तत्काल न्यायिक र सरकारी हस्तक्षेपको माग गरेका छन् । विष्णु प्रसाद घिमिरेले सिभिल मलको संचालक लालकाजी गुरुङ र उनकी पत्नी मिना गुरुङको नाममा सिभिल सहकारीको ५० प्रतिशत शेयर कम्पनी रजिष्ट्रर कार्यालयमा रहेको बताए ।