नाबालिकाको अवैध डिम्ब कारोबारमा नयाँ खुलासा, डा. नूतन र बिचौलियाबीच आर्थिक लेनदेन
नाबालिका किशोरीको अवैध डिम्ब कारोबार प्रकरणमा पक्राउ परेकी बिचौलिया राधिका गोतामे र वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आइभिएफ (इन–भिट्रो फर्टिलाइजेसन) विशेषज्ञ डा. नूतन शर्माबिच आर्थिक कारोबार भएको देखिएको छ । अनुसन्धानका क्रममा फेला परेका ह्वाट्सएप सन्देश र मोबाइल बैंकिङ कारोबारका विवरणले दुवैबिच आर्थिक लेनदेन भएको प्रारम्भिक पुष्टि भएको प्रहरीको भनाइ छ ।
