उपत्यकामा भीषण वर्षा
काठमाडौं : शुक्रबार दिउँसो उपत्यकाका विभिन्न ठाउँमा परेको मुसलधारे वर्षाका कारण काठमाडौंका मुख्य सडकहरू जलमग्न बने ।जल तथा मौसम विज्ञान विभागका अनुसार तीन घण्टाको अवधिमा सबैभन्दा बढी ललितपुरको टीकाथलीमा ४१.८ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै, बबरमहल क्षेत्रमा १४ मिलिमिटर वर्षा भएको छ । एकैछिन परेको भारी वर्षाका कारण तीनकुने, माइतीघर र बानेश्वरलगायतका क्षेत्रमा सडक जलमग्न भई सवारी आवागमनमा समेत असर परेको थियो । साँझसम्म उपत्यकाका अन्य क्षेत्रमा भने धेरै वर्षा मापन भएको छैन ।
