SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

प्रचण्डको टिप्पणी- ‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताएका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको बताएका हुन्।