SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

प्रदेश विवादबारे प्रचण्डले भने- हामीलाई सरकार चाहिएको छैन, चलाइ राख्नुस्

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन् । शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट निर्माणको क्रममा प्रदेश सरकारहरुमा काँग्रेस र एमालेबीच रडाको मच्चिएको कारण नेकपामाथि बाध्यता आइलागेको बताए ।