SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

पश्चिम एसियाको द्वन्द्वप्रति नेपाल चिन्तित, द्वन्द्व चर्किए चौतर्फी असर पर्ने

नेपाल सरकारले पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै दिगो शान्ति स्थापनाका लागि हुने सबै कूटनीतिक प्रयास सफल हुनुपर्नेमा जोड दिएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शान्ति सम्झौताको पालना हुन नसक्दा पुनः द्वन्द्वको अवस्था सिर्जना भएको र द्वन्द्व लम्बिए त्यसको चौतर्फी असर पर्ने बताए।