नेप्से ७.९० अंकले बढ्यो, ६ अर्ब २६ करोडको कारोबार
नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ मा कारोबार भएको थियो ।
