मेट्रो ट्राफिक एफएम १५ औँ वर्षमा प्रवेश
काठमाडौं । ट्राफिक व्यवस्थापन, शान्ति, सुरक्षा र जनसरोकारका विषयमा आमनागरिकलाई सुसूचित गर्ने उद्देश्यले सञ्चालनमा आएको मेट्रो ट्राफिक एफएम १५ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६८ पुस २६ गते सञ्चालन अनुमति प्राप्त गरेको ट्राफिक एफएमले २०६९ जेठ २५ गतेदेखि परीक्षण प्रसारण र सोही वर्षको साउन ८ गतदेखि नियमित प्रसारणमा आएको हो ।
