काठमाडौं प्रहरीको एक वर्ष : एआई क्यामेरा र एआई ड्रोनको प्रयोगबाट उल्लेखनीय उपलब्धि
काठमाडौं जिल्ला प्रहरी परिसरले आर्थिक वर्ष २०८२/८३ मा प्रविधिको प्रयोग बढाउँदै साइबर अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा प्रहरी सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । परिसरले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका अधिकांश प्रहरी कार्यालयको पुनःसम्भार पनि सम्पन्न भएको जनाएको छ ।
