स्वास्थ्य बीमाको दाबीबापत २५ अर्ब ४८ करोड भुक्तानी, पुससम्मको रकम निकासा
स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ। बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो।
