SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभा अनुशासित ढंगले अगाडि बढाउन अभिमुखीकरण आवश्यक: सांसद ढुंगाना

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले राष्ट्रिय सभाको गरिमा अभिवृद्धि र संसदीय समितिहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताएका छन् । शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद ढुंगानाले सिक्ने प्रक्रिया जीवनभर चलिरहने उल्लेख गर्दै यस्ता कार्यक्रमले सांसदहरूको क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।