बालेन, रवि, स्वर्णिम र सुधनमाथि महेश बस्नेतको कडा कविता-व्यङ्ग्य
काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले कवितामार्फत प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन किराँतीमाथि कडा राजनीतिक व्यङ्ग्य प्रहार गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा बस्नेतले एक कविता सार्वजनिक गर्दै उक्त व्यङ्ग्य प्रहार गरेका हुन् ।
