२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन
काठमाडौँ । शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा रहेका भारतीय शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि आफ्नो अनशन तोडेका छन् । सरकार र सबै राजनीतिक दलका संसद सदस्यहरूबाट असफल परीक्षा प्रणालीमा जवाफदेहिताको मुद्दामा भारतीय संसदको तल्ला सदनमा छलफल गरिने आश्वासन पाएपछि उनले अनशन तोडेका हुन् ।
