SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

जनविरोधी कानुन स्वीकार गर्न सकिँदैन: झक्कुप्रसाद सुवेदी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनविरोधी कानुन स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विज्ञ छनोटको मापदण्डमा गम्भीर बन्न सुझाव दिए ।