SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

रास्वपाका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालोमसी प्रहार भएको छ । गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सकेर फर्किने क्रममा उनिमाथि ‘मधेश मुक्ति अभियान’सँग आबद्ध कार्यकर्ताले कालोमसी प्रहार गरेको बताइएको छ । घटनाको पुष्टि स्वयं सांसद पौडेलले गरेका हुन् ।