SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएका सांसद गुप्ताले मागे माफी, तिरे ५ सय जरिबाना

सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो भिडियो भाइरल भएपछि बब्लु गुप्ताले आफूबाट भएको गल्तीप्रति क्षमा मागेका छन्। साथै गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ । सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।