SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक: मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन् । शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरीको भूमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राखेका हुन् । प्रहरीको कार्यप्रकृतिबारे चर्चा गर्दै श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरको रूपमा चित्रण गरे ।