डा. केसीका जायज माग तत्काल सम्बोधन गर्नुपर्छ: तोषिमा कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोषिमा कार्कीले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको आमरण अनशन तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । डा. केसीले अनशन सुरु गरेपछि सामाजिक सञ्जालमार्फत कार्कीले यस्तो अवस्था आउनै नपर्ने बताएकी हुन् । ‘अनशन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो । आएछ, सर अनशन बस्नुभयो ।
