सिद्धार्थ बैंकका ग्राहकलाई पोखराको बर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब लेकसाईड पोखरास्थित बर पिपल रिसोर्टका विभिन्न सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र बर पिपल रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्दा उक्त छुटको सुविधा पाउने भएका हुन् ।
