SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, आर्थिक अनियमिततामा शून्य सहनशीलता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाएको छ। रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचनामा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ।