बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्दै सरकार
काठमाण्डौ । सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैक सञ्चालन गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरु गरेको हो ।
