SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडाैं । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कूटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदुतहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा कार्य गर्न उनीहरूलाई आग्रह गरेका छन् ।