SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते

एजेन्सी । थाइल्याण्डको दक्षिणी प्रान्त नराथिवाटमा बुधवार साँझ एक सुरक्षा चेकपोइन्टमा भएको आक्रमणमा परी पाँच जना सैनिकको मृत्यु भएको छ । अज्ञात समूहले गरेको उक्त आक्रमणमा अन्य ६ जना सर्वसाधारण घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार नराथिवाट प्रान्तको रा–नगाए जिल्लामा अवस्थित चेकपोइन्टमा स्थानीय समयअनुसार साँझ करिब ६ः४५ बजे सो घटना भएको हो ।