राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?
बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन छ । कोही भक्तपुरतर्फ हतारिँदै छन्, कोही काठमाडौं फर्किरहेका छन् । सडक किनारका चिया पसल खुलिसकेका छन् । यात्रुहरू बसको प्रतीक्षामा छन् । वरपरको चहलपहलले चोकलाई जीवन्त बनाइरहेको छ । तर, यही कोलाहल र क्रंक्रिटहरुको बीचमा एउटा संरचना भने वर्षौंदेखि मौन उभिएको छ ।
