५० विद्यार्थीले गरे भारतीय दूतावासको भ्रमण, कूटनीतिकबारे लिए जानकारी
काठमाडौंस्थित भारतीय दूतावासले ‘कनेक्ट विथ द इन्डियन एम्बेसी’ कार्यक्रमअन्तर्गत काठमाडौंका पाँच विद्यालयका कक्षा ११ र १२ का ५० जना विद्यार्थीलाई दूतावास भ्रमण गराएको छ। कार्यक्रममा डीएभी नेपाल, मोर्डन इन्डियन स्कुल (एमआईएस–सीबीएसई), चाँदबाग स्कुल, आलोक विद्याश्रम र राई स्कुलका विद्यार्थी सहभागी थिए।
