SHARE
कालिका खबर · आइबार​ १५ भौ २०८२ ११:४७ AM · 1 मिनेट पढाइ

अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

बुटवल : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो । सो अवसरमा ‘टंकमणि ः एक क्रान्तिबीज’ पुस्तकको विमोचन पनि गरिएको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गरे । उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए ।