SHARE
कालिका खबर · आइबार​ १५ भौ २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

निजी विद्यालयप्रति सरकार लचिलो : गृहमन्त्री लेखकद्वारा शिक्षा विधेयकमा संशोधनको आश्वासन

वीरगंज — गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकमा राखिएको निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने व्यवस्था हटाइने स्पष्ट पारेका छन्। आइतबार वीरगंजमा निजी विद्यालय सञ्चालकहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री लेखकले निजी क्षेत्रका विद्यालयलाई समाप्त गर्ने कुनै योजना नरहेको बताएका हुन्। उनले भने, “निजी विद्यालयहरुलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने भन्ने व्यवस्था हटाइन्छ, यसबारेमा कुनै द्विविधा छैन। मन्त्रिपरिषद्मा पनि यस विषयमा छलफल भइसकेको छ।” उनले सरकारको ध्यान सरकारी विद्यालयलाई स्तरीय र निःशुल्क बनाउनेतर्फ केन्द्रित हुने र निजी विद्यालयमा पढ्न चाहनेका लागि पनि त्यस्तो व्यवस्था यथावत् रहने बताएका छन्।