SHARE
कालिका खबर · आइबार​ १५ भौ २०८२ ०४:३१ PM · 1 मिनेट पढाइ

पर्सामा चोरी तथा लागु औषधमा संलग्न एक युवक पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले चोरी र लागुऔषधमा संलग्न एक युवकलाई पक्राउ गरी ठूलो परिमाणमा नगद, सुनचाँदीका गहना र लागुऔषध बरामद गरेको छ। प्रहरीका अनुसार २०८२ भदौ ६ गते दिउँसो रौतहट मौलापुर–१ स्थायी तर हाल वीरगञ्ज–१५, शिरोमणी टोल निवासी रामपुकार प्रसाद यादवको घरमा चोरी भएको थियो। घर मालिक बाहिर गएको मौका पारेर ताल्चा फोडी भारतीय नगद १,२९,८००, नेपाली नगद १,२५,००० र सुनचाँदीका गहना चोरी भएको उजुरी प्रहरीले प्राप्त गरेको थियो।