एनआईसी एशिया बैंकको ‘साथी घर कर्जा’ योजना सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवासीय आवश्यकतालाई सम्बोधन गर्न ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। “सपना तपाईंको, साथ हाम्रो” भन्ने नाराका साथ ल्याइएको यस योजनाअन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ। बैंकका अनुसार यो कर्जा योजना घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनर्निर्माण, साथै घडेरी खरिद गर्नका लागि उपयोग गर्न सकिनेछ। सहज प्रक्रिया मार्फत उपलब्ध गराइने कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ।
