सामसङको “दिन दिनै दशैं” अफर : दैनिक रु. १ लाखसहित ११ जनाले जित्ने अवसर
काठमाडौं । मोबाइल कम्पनी सामसङले यस वर्षको दशैंलाई विशेष बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” सार्वजनिक गरेको छ। अफर भदौ १६ (१ सेप्टेम्बर) देखि असोज ११ (२८ सेप्टेम्बर २०२५) सम्म लागू हुनेछ। यस अवधिमा सामसङको कुनै पनि नयाँ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्। सहभागी हुनका लागि ग्राहकले आफ्नो नयाँ डिभाइसको सिरियल नम्बर टाइप गरी Samsung लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ। अफरअन्तर्गत हरेक दिन ११ जना भाग्यशाली विजेताको घोषणा गरिनेछ।
