आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोइरालाको स्मृति दिवसमा कांग्रेसका दुई समूहले आज छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् । संस्थापन पक्षले ‘ग्रिन रन’लगायतका कार्यक्रमको आयोजना गरेको छ भने संस्थापन इतर समूहले काठमाडौँको प्रज्ञा भवन कमलादीमा भेलाको आयोजना गरेको छ ।
