SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले आज राजीनामा दिँदै

बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले मंगलबार (आज) मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो। तर आज केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागिएको स्वास्थ्यमन्त्री किरण थापाले बताए।