SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०१:३४ AM · 1 मिनेट पढाइ

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु. ४५० बाट ५०० पुगेको छ ।