SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

शितलनिवास अगाडि एक युवाले गरे आत्मदाहको प्रयास

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक जना युवकले शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन्। आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् । मंगलबार ‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरेको छ।