प्रदेशमा कांग्रेससँगको सत्ता सहकार्य टुटे एमाले प्रतिपक्षमा बस्छ : शेरबहादुर तामाङ
नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भए एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै तामाङले कांग्रेससँगको गठबन्धन कायम राख्नु नै एमालेको प्राथमिकता रहेको स्पष्ट पारे ।
