SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

नेपाल फर्कने तयारीमा देउवा, प्रतिशोधको राजनीति अन्त्य गर्न आह्वान

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले उपचारपछि स्वदेश फर्कन लागेको जानकारी दिएका छन्। मंगलबार जारी सन्देशमा उनले वर्तमान परिस्थितिमा देशलाई प्रतिशोध होइन, सहकार्य, विभाजन होइन, एकता र अविश्वास होइन, विश्वास आवश्यक रहेको बताएका छन्।