SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

प्राधिकरणका पूर्वमहानिर्देशक अधिकारीविरुद्ध घुस र सम्पत्ति शुद्धीकरण मुद्दा, १ करोड ७१ लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । ठेक्का प्रक्रियामा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौँ रूपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले मुद्दा हालेको हो ।