रास्वपा नेता बाहेकको मात्रै सम्पत्ति छानबिन गर्छौं भन्न पाइँदैन : लेखनाथ दाहाल
नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन कानुनअनुसार सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चयनात्मक रुपमा छानबिन गर्न नहुने बताएका हुन् । उनले रास्वपाका नेता, पूर्वसैनिक र पूर्वन्यायाधीश बाहेकको मात्रै सम्पत्ति छानबिन गर्न सरकारले आयोग बनाएको दाबी गरे ।
