SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

नागरिकको निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।