आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण
साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् । ‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेका हुन् । आईएमईले मंगलवार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ ।
