SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

पोखरामा श्रृङ्खलावद्ध चोरी, चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ

कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा श्रृङ्खलावद्ध चोरीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र दुई चिनियाँ नागरिकसहित ९ जना रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोह पोखराका कम्तीमा पाँच वटा ठूला चोरीका घटनामा संलग्न देखिएको छ ।