SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

गोंगबुको होटलमा युवती मृत फेला परेको घटनामा दुई जना पक्राउ

काठमाडौंको गोंगबुस्थित एक होटलमा युवती मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलाको ४०४ नम्बर कोठाभित्र रहेको काठको बक्स पलङभित्र साउन ३ गते बिहान करिब ११ बजे एक महिलाको शव फेला परेको थियो ।