SHARE
पर्दाफास · मङगलबार ५ साउन २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार ठगी शून्यमा झार्ने सरकारको लक्ष्य

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगीलाई न्यूनीकरण गर्दै शून्यमा पुर्‍याउने लक्ष्यसहित सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा मन्त्री यादवले वर्षौंदेखि थन्किएका उजुरीका फाइल व्यवस्थापन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।