ज्येष्ठ नागरिकका लागि छुट्टै महासन्धि बन्दै, सुझाव संकलन
संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकको अधिकार संरक्षणका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि निर्माण प्रक्रिया अघि बढाएको छ । विद्यमान अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनले ज्येष्ठ नागरिकहरूले भोगिरहेका विभेद, हिंसा, उपेक्षा र अधिकारको अभावका विषयलाई पर्याप्त रूपमा समेट्न नसकेको भन्दै राष्ट्रसंघले कानुनी रूपमा बाध्यकारी महासन्धि तयार गर्न लागेको हो ।
