SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

चेक बाउन्स प्रकरणमा आशिका तामाङ: ‘पीडित म नै हुँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफूलाई जोडेर सार्वजनिक भएका ‘चेक बाउन्स’ सम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै वास्तविकता फरक रहेको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमार्फत सोमबार स्पष्टीकरण दिँदै तामाङले चेक बाउन्सको विषयमा पीडित आफू रहेको र आफूले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स नभएको बताएकी हुन् ।