मेक्सिकोका लागु औषध तस्कर ‘एल मेयो’लाई आजीवन कारावास
काठमाडौं । मेक्सिकोको शक्तिशाली सिनालोआ लागुऔषध गिरोहका सह–संस्थापक इस्माइल ‘एल मेयो’ जाम्बडालाई अमेरिकी सङ्घीय अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ । दशकौँसम्म अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाल सञ्चालन गरेको अभियोगमा दोषी ठहर भएका जाम्बडाविरुद्धको यो फैसलालाई अमेरिकी सरकारले लामो समयदेखि चलाउँदै आएको कारबाहीको महत्त्वपूर्ण निष्कर्षका रूपमा हेरिएको छ ।
