SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

धेरै जिल्लामा वर्षा, भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले प्रायः सबै जिल्लामा पानी परिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् विनु महर्जनले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले धेरै जसो जिल्लामा वर्षा भइरहेको जानकारी दिइन् ।