साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार पुग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार बिहान ३ बजेदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । भक्तजनहरू विभिन्न चारवटा दर्शन मार्गबाट मन्दिर प्रवेश गरी दर्शन गरिरहेका छन् ।
